क्वारेन्टाइनमा रहनेलाई अन्तरिक्षबाट सुझावः शारीरिक कसरत गर्नू, आफन्तलाई फोन गर्नू !

कोरोना भाइरस रोकथामका लागि अहिले विश्वभरका विभिन्न देशले लकडाउन लगाएका छन् । कतिपयले सेल्फ क्वारेन्टाइनमा बस्न आफ्ना नागरिकलाई अनुरोध गरिरहेका छन् । 

कतिपय देशमा आफ्ना सीमाहरु बन्द भएका छन् । देशभित्र पनि यात्रा प्रतिबन्ध लगाइएको छ ।

यस्तो समयमा घुमफिर गर्न वा यसै टहल्न रुचाउनेहरुलाई लाग्न सक्छ– आफूले सजाय पाइरहेको छु । 

तर, क्वारेन्टाइनमा रहँदा पनि विशेष आफ्नो ख्याल गर्नु पर्ने हुन्छ । यही कुरा बताएका छन्, अन्तरिक्षयात्री फ्योदोर यर्चीकिनले । उनी करिब दुई वर्ष एक्लै अन्तरिक्षमा छन् । 

बिबिसीमा अपलाेड गरिएकाे एक भिडियोमा उनले भनेका छन्– एक्लै बस्दा पनि घरभित्र शारीरिक कसरत गर्नुपर्छ । त्यस्तै, उनले आफन्तलाई फोन गर्ने बानी विकास गर्दा पनि एक्लोपनाबाट छुटकारा पाउन सकिने टिप्स दिएका छन् । 





  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार १९:३६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया