ह्वाइट हाउसमा विज्ञहरुले ब्रिफ गरे– बोल्दामात्रै पनि सर्छ कोरोना !

एजेन्सी– एउटा प्रतिष्ठित वैज्ञानिकहरु सम्मिलित समितिले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा बोल्दामात्रै पनि हुने बताएका छन् । यसअघि यो भाइरस हाच्छ्यूँ गर्दा र खोक्दा संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने बताउँदै आइएको थियो । त्यो वैज्ञानिक प्यानलले चाहिँ सामान्य सास फेर्दा पनि भाइरस संक्रमण हुने भन्दै राष्ट्रपति कार्यालयलाई बताएको छ ।

सिएनएनमा प्रकाशित रिपोर्टअनुसार डा हार्वे फाइनबर्गले लेखेको एउटा चिठीमा यो कुरा उल्लेख गरिएको हो । ‘अहिले कोरोना भाइरससम्बन्धी रिसर्चहरु सिमित छन्, तर केही रिजल्टहरुले देखाएका छन् कि बोल्दा वा सास फेर्दा पनि भाइरसको एरोसोलाइजेसन हुन्छ,’ हार्वेको चिठीमा उल्लेख गरिएको छ, ‘त्यसैले यसबाट सचेत हुनुपर्छ ।’

डा. हार्वेले अब आफूले किराना पसलमा जाँदा मास्क लगाउन थालिसकेको पनि सिएनएनलाई बताएका छन् । 

‘म अहिले सर्जिकल मास्क लगाउँदिनँ किनकि धेरै क्लिनिक तथा अस्पतालहरुलाई यो चाहिन्छ,’ उनले भनेका छन्, ‘मसँग अरु विकल्प छन् ।’

डा हार्वे यसअघि हावार्ड स्कुल अफ पब्लिक हेल्थका डिन पनि थिए ।

अर्कोतिर अमेरिकाले बनाएको कोरोना भाइरस टास्क फोर्सका डा. एन्थोनी फाउसीले पनि अब अमेरिकामा मास्क लगाउन अनिवार्य गर्ने विषयमा छलफल भइरहेको बताएका छन् । 





  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार २२:४०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया