स्वास्थ्य सामाग्री खरिद प्रकरणमा गगनले निरन्तर आवाज उठाउने

कांग्रेस नेता गगन थापाले स्वास्थ्य सामग्री खरिद अनियमितताबारे प्रश्न उठाइरहनुपर्ने बताएका छन् । 

चीनबाट स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै सञ्चारमाध्यममा खबरहरू आएको सन्दर्भमा पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले अनियमितताबारे वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउनुपर्ने बताएका हुन् । 

सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गर्दै नेता थापाले यस्तो संकटका वेला खरिद गरिएका सामानमा भ्रष्टाचार गर्नु कुकृत्य भएकोसमेत उल्लेख गरेका छन् । 

महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य सरकारले गरेको बताउँदै थापाले लेखेका छन्, ‘स्वास्थ्य सामग्री खरिद अनियमितताबारे वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाडौँ । दिन ढल्यो, कुरा बिर्सियो हुन हामी कदापि दिने छैनौँ ।’

उनले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न दीर्घकालीन रणनीति हुनुपर्नेमा पनि जोड दिएका छन् । 

उनले आफ्नो ट्विटमा ‘चैत २५ गतेसम्म लकडाउन गरेको सरकारले त्यसपछि रणनीति र योजना के ? ’ भन्दै प्रश्नसमेत गरेका छन् ।





  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार २३:३०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया