जब कोरोना संक्रमित बाग्लुङकी वृद्धालाई अस्पताल लैजान कोही तयार भएन...

काठमाडौं– बिहिबार स्वास्थ्य मन्त्रालयले नेपालमा छैटौं केरोना संक्रमित भेटिएको पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बेल्जियमबाट फर्किउकी बाग्लुङकी ६५ वर्षीया वृद्धामा कोरोना भएको पुष्टि भएको हो । 

बाग्लुङकी यी महिला ४ चैतमा बेल्जियमबाट नेपाल फर्किएकी थिइन् । उनी बेल्जियममा रहेकी आफ्नी छोरीलाई भेटेर फर्किएकी थिइन् । 

घरमा आएपछि पनि उनले आफूमा कुनै कोरोना भाइरसको संक्रमण नदेखिएको भन्दै बसेकी थिइन् । तर, उनको परीक्षणले उनले लिएको विश्वासलाई प्रमाणित गर्न सकेन, उनमा कोरोना भाइरस संक्रमण देखियो । 

कोभिड १९ देखिएपछि उनलाई अस्पतालमा भर्ना गर्ने कुरा भयो । 

अस्पतालसम्म लैजानका लागि द्यौलागिरी अन्चल अस्पतालको एम्बुलेन्सको उनको घरसम्म पुग्यो । कोरोना संक्रमण भएको पुष्टि भइसकेपछि पुगेको एम्बुलेन्सका चालक जब ती वृद्धाको घरमा पुगे, उनी आफैं आत्तिन थाले । त्यहाँबाट उनी फरार भएको द्यौलागिरी अन्चल अस्पतालमा कार्यरत एक चिकित्सकले जानकारी दिए । 

महिलामा कोरोना भाइरस पुष्टि भइसकेकाले उनको वडाका अध्यक्षदेखि अन्य व्यक्तिहरु पनि उनीबाट पन्छिन थाले ।



कतार एयरवेजको क्युआर ६५२ विमानबाट नेपाल फर्किएकी ती महिलालाई कोरोना संक्रमण भएको हुनसक्ने यसअघि नै आशंका गरिएको थियो । किनकि त्यही विमानमा फर्किएका दुई जनामा कोरोना पोजेटिभ देखिइसकेको थियो । 

तर, उनलाई अस्पताल लैजान कोही पनि तयार नभएपछि उनलाई जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरजले आफ्नो गाडीमा नै उनलाई अस्पतालसम्म लगेका थिए । तर, त्यसरी उनलाई अस्पतालसम्म लैजाँदा डा. सुरजले पिपिई लगाएका थिए ।



यसअघि बाग्लुङकै अर्की युवतीमा पनि कोभिड १९ देखिइसकेको छ । उनको परिवारका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ । उनी अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी छिन् । अब बिहिबार कोरोना भएको प्रमाणित यी महिलाको परिवारका अन्य सदस्यमा पनि कोरोना परीक्षण गरिने भएको छ ।

  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार २३:४०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया