अमेरिकाको ओरेगनका एक १०४ वर्षका वृद्धाले कोरोना संक्रमणबाट ठिक भएपछि जन्मदिन र कोरोनामाथिको जितको खुसीयाली मनाएका छन् ।
‘कस्तो खुसीको समय, मेरो एउटै चाहना थियो– सूर्य फेरि देख्नेछु,’ बिल लाप्सचिजले आफ्नो परिवारलाई भनेका छन् । उनी जहाँ बस्थे त्यहाँ उनका परिवारका अन्य सदस्यहरु पनि उनको जन्मदिन मनाउन आएका थिए ।
उनी बस्ने वृद्धाश्रममा अन्य १५ जनालाई पनि कोरोना संक्रमण देखिएको थियो ।
बिललाई ५ मार्चदेखि आइसोलेसनमा राखिएको थियो । तर, यो साता उनलाई पूर्ण रुपमा ठिक भएको चिकित्सकले बताएका छन् ।
‘अहिले त खुसी लागेको छ,’ १०४ औं जन्मदिनमा उनले भनेका छन्, ‘कस्तो रमाइलो ! मलाई थाहा थियो, मैले जित्नेछु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।