३० प्रतिशत कोरोना संक्रमितमा देखिएको छैन कुनै लक्षण, यही सबैभन्दा बढी खतरानक

विश्व स्वास्थ्य संगठनले चीनमा कोरोना भाइरसबारे गरेको पछिल्लो अध्ययनलाई सार्वजनिक गरेको छ । अनि यो अध्ययनबाट आएको निष्कर्ष  हामीलाई थप सचेत बनाउने खालको छ । किनकि रिपोर्टअनुसार कोरोना संक्रमणको जति मुद्दाहरु आएका छन्, तीनमा ३ प्रतिशतसम्म असिम्प्टोमेटिक छन् । अर्थात्, केही व्यक्तिहरुमा कोरोना भाइरस संक्रमण भए पनि कुनै लक्षण देखिएका छैनन् । 

साउथ चाइना मर्निङ पोस्टले बुधबार प्रकाशन गरेको आफ्नो रिपोर्टमा यस्ता बिरामीको संख्या ३० प्रतिशत रहेको बताएको छ । यी व्यक्तिहरुलाई कोरोनाको परीक्षण नगरेसम्म उनीहरुमा कोरोना संक्रमण भएको थाहा नै हुँदैनथ्यो ।

अमेरिकी सरुवा रोग रोकथाम तथा रोकथाम विभागका अनुसार अमेरिकामा यस्ता बिरामीको संख्या २० प्रतिशत छ । सिएनएन, फोब्र्स तथा नेचरमा प्रकाशित गरिएको रिपोर्टअनुसार कोरोना संक्रमण भए पनि कुनै लक्षण नदेखिएका बिरामीको संख्या जापानमा ३० प्रतिशत, इटालीमा ३० प्रतिशत, स्पेनमा २७ प्रतिशत, जर्मनीमा १८ प्रतिशत छन् । उनीहरुमा लक्षण देखिएको थिएन तर परीक्षणमा कोभिड १९ पाइएको थियो ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार हुबेई प्रान्तमा कोरोनाका ९० हजारभन्दा बढी संक्रमित भेटिएका थिए । अनि यीमध्ये कम्तिमा पनि ४३ हजारमा कोरोनाको कुनै लक्षण देखिएको थिएन । तर, उनीहरुको परीक्षण गर्दा कम्तिमा पनि २० हजार जनामा कोरोना संक्रमण भेटियो ।

यस्तो लक्षण नदेखिने भए पनि दक्षिण कोरियाले चाहिँ सबैको परीक्षण गर्न थाल्यो । त्यसैले उसले कोरोना भाइरसविरुद्धको जितमा सफलता पनि पाएको छ ।





  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार १:१०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया