स्वास्थ्यकर्मीको सम्मानमा बेलायती प्रधानमन्त्रीले पनि बजाए ताली

एजेन्सी– आज बेलायतमा कोरोना भाइरसविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीको सम्मानमा देशभर मानिसहरुले साँझमा ताली बजाएका छन्, थाली बजाएका छन् । 

यसमा अहिले क्वारेन्टाइनमा रहेका बेलायती प्रधानमन्त्री बोरि जोन्सन पनि सहभागी भएका छन् । कोरोना भाइरस संक्रमण देखिएपछि क्वारेन्टाइनमा रहेका बेलायती प्रधानमन्त्री बोरिस पनि आफ्नो निवासको गेटमा देखिएका थिए, ताली बजाउँदै ।

तर, उनी बेलायती प्रधानमन्त्री निवास नम्बर १० को मुल गेटमा देखिएनन् ।

‘धेरै धन्यवाद एनएचएस, धेरै धन्यवाद, सबैलाई धन्यवाद,’ उनले ताली बजाउँदा भनेका थिए । बिबिसीले बनाएको समाचारअनुसार उनले थपेका थिए, ‘सबैलाई राम्रो होस् ।’





  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार २:२८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया