‘मदिरा प्रेमी’को चर्को मागसँगै लकडाउनमा पनि भारतमा मदिरा पसल खुल्दै !

भारतको छत्तिसगढ सरकारले अब त्यहाँ बन्द भएका मदिरा पसल खोल्ने भएको छ । छत्तिसगढका एक अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार मदिरा प्रेमीका कारण सरकारले यो निर्णय लिएको हो । 

२३ मार्चदेखि त्यहाँ भएका मदिरा पसलहरु सबै बन्द गरिएका थिए । राज्य सरकारले यसअघि ७ अप्रिलसम्म मदिरा पसलहरु बन्द गर्ने निर्णय गरेको थियो । तर, अब यो निर्णय खारेज भएको छ । योसँगै आजैबाट त्यहाँ मदिरा पसलहरु खुल्ने भएका हुन् । 

त्यहाँका अधिकारीले जारी गरेको विज्ञप्तिमा मदिरा नपाउँदा मदिरा प्रेमीले अवैद्य मदिरा सेवन गरेकाले केहीको मृत्यु भएको भन्दै यस्तो निर्णय लिइएको उल्लेख गरिएको छ । 

यतिमात्र होइन, केहीले मदिरा नपाएको झोंकमा आत्महत्या प्रयाससमेत गरेको त्यहाँका अधिकारीले आफूहरुले थाहा पाएको बताएका छन् । पत्रपत्रिका तथा सामाजिक सन्जालबाट पनि यसबारे आवाज उठेकाले र भविष्यमा यसले गर्दा ठूलो हानी नहोस् भन्नका लागि आफूहरुले यस्तो निर्णय गरेको त्यहाँका अधिकारीले जनाउका छन् ।

यसलाई सन्चालन गर्न राज्य सरकारले चार सदस्यको एक कमिटी पनि बनाएको छ ।

छत्तिसगढमा मदिरा पसलको सन्चालन नै सरकारले गर्दै आएको छ । 





  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार २:५०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया