माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सको नाममा अहिले सामाजिक सन्जालमा एउटा सुन्दर सन्देश भन्दै चिठी भाइरल भइरहेको छ । केही नेपाली प्रयोगकर्ताले पनि यसलाई सेयर गरिरहेका छन ।
त्यसमा दाबी गरिएको छ कि गेट्सले कोरोना भाइरसलाई एउटा आध्यात्मिक उद्देश्य बताएका छन् । अनि त्यसमा उनले सिक्नु पर्ने भन्दै १४ वटा बुँदा लेखेका छन् । अनि यसलाई ठूलो सुधारक पनि भनेका छन् ।
तर, बिल गेट्सको यो ‘सुन्दर सन्देश’ फेक हो ।
खासमा बिल गेट्सले यस्तो चिठी वा सन्देश लेखेका नै छैनन् ।
उनले कोरोना भाइरसबारे पछिल्लो समय २५ मार्चमा टेड टकमा कुरा गरेका थिए । तर, त्यहाँ उनले कतिबेलै पनि कोरोना भाइरसलाई धार्मिक उद्देश्य बताएका थिएनन् ।
यतिमात्र होइन, केही फ्याक्ट चेक गर्ने अनलाइनहरुले यसबारे सोझै बिल एन्ड मेलिन्ड गेट्स फाउन्डेसनमा पनि कुरा गरेका छन् । त्यहाँबाट पनि बिल गेट्सले यस्तो मेसेज नलेखेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।