कोरोना भाइरसः आङ सान सू कीले खोलिन् फेसबुक एकाउन्ट

एजेन्सी– कोरोना भाइरसको विश्वमा बढिरहेको त्रासलाई साम्य पार्न विभिन्न देशका नेताहरुले आआफ्नै तरिका अपनाइरहेका छन् । अब म्यानमारकी नेतृ आङ सान सू कीले पनि यो महामारीविरुद्ध लड्न आफ्नो फेसबुक एकाउन्ट खोलेकी छिन् । 

बुधबार फेसबुक एकाउन्ट खोलेलगत्तै उनले जनतासँग छिटो र प्रभावकारी रुपमा समन्वय गर्न आफूले फेसबुक एकाउन्ट खोलेको बताएकी छिन् । 

फेसबुकले यसअघि आफ्नो प्लेटफर्म प्रयोग गरेर नै म्यानमारमा रोहिंग्या शरणार्थीमाथि भएको हिंसाबारे विश्वले थाहा पाएको बताउँदै आएको थियो ।

त्यति बेला हजारौँ रोहिंग्या शरणार्थी छिमेकी बंगलादेश जान बाध्य भएका थिए ।

यसअघि सू कीले आफूलाई सामाजिक सन्जाल मन नपर्ने बताएकी थिइन् । तर, बुधबार उनले एकाउन्टमा पोस्ट राखेको केही समयमा नै ३ लाख १० हजारभन्दा बढी लाइक्स पाइन् । अनि उनका फलोअर्स पनि केही समयमा ७ लाख कटेका छन् । उनको एकाउन्ट फेसबुकले भेरिफाइ पनि गरिदिएको छ ।
 





  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार ७:३९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया