कोरोनाः पाँच दिनपछि घर आएका डाक्टर चिया पिएर फर्किए, छिमेकीले गरे स्यालुट

कोरोना भाइरस संक्रमणका कारण नेपालसहित विश्वभरका कयौँ देशहरु ठूलो चपेटामा परेका छन् । भाइरस संक्रमित हुनेहरुको संख्या दैनिक बढिरहेको छ । अनि यो समयमा विश्वभर चिकित्सकहरुले राम्रो साथ र प्रदर्शन पनि पाएका छन् । 

उनीहरुले अहिले बिरामीको उपचारमा देखाएको यो प्रतिबद्धताका कारण अरु धेरैले उनीहरुको साथ र समर्थन पनि गरेका छन् । अनि इटाली, फ्रान्समात्र होइन, इरान, बेलायत, अमेरिका र भारतमा पनि चिकित्सकहरुप्रति निकै सम्मान प्रकट गरिएको छ ।

यहीबीच अहिले भारतीय सामाजिक सन्जाल प्रयोगकर्ताहरुले एउटा तस्वीरलाई निकै भाइरल बनाएका छन् । त्यसमा एक चिकित्सकको खुलेर प्रशंसा पनि गरिएको छ ।

यी चिकित्सक हुन्, मध्यप्रदेशका सुधिर डेहरिया । भोपाल जिल्लामा उनी कोरोना संक्रमितको उपचारमा खटिएका छन् । 

त्यसैले उनी परिवारको स्वास्थ्यलाई पनि ख्याल गर्दै लामो समय घरमा आएका थिएनन् । ३१ मार्चमा पाँच दिनपछि घरमा आएका डा. डेहरियाले घरबाहिर नै बसेर एक कप चिया पिए र फर्किए । 

यो तस्वीर मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले ट्विटरमा राखे । उनी फर्किदा उनका छिमेकीहरुले छतबाट उनलाई सलाम त गरेकै थिए, अब सामाजिक सन्जालमा पनि उनको निकै ठूलो सम्मान गर्न थालिएको छ ।





  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार ७:३९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया