ज्वरो आएर अस्पताल भर्ना भएकी बिरामीको निधन, कोरोना परीक्षण हुँदै

भरतपुर– भरतपुर अस्पतालमा ज्वरो आएकी एक बिरामीको निधन भएको छ । उनलाई निमोनिया पनि भएको अस्पतालले जनाएको छ । अन्य लक्षणहरु कोरोना भाइरससँग मिल्ने भएकाले उनको कोरोना भाइरस संक्रमण परीक्षण हुने भएको छ । 

अस्पतालका अनुसार हेटौंडाबाट आएकी सिन्धुलीकी २६ वर्षीया यी युवतको शुक्रबार विहान ४ बजे निधन भएको हो । उनी बिहिबार राति १ बजे अस्पतालमा ल्याइएकी थिइन् ।

आइसियूमा उपचार हुँदाहुँदै उनको निधन भएको हो । 

अब उनको स्वाब परीक्षण हुने अस्पतालले जनाएको छ । बिरामी भएपछि यी युवती पहिले हेटौंडा पुगेकी थिइन् । त्यहाँबाट रिफर भएपछि उनी राति भरतपुर अस्पताल आइपुगेकी थिइन् । 





  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार ११:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया