प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ । कोरोना भाइरसको त्रासका कारण यसअघि चैत ७ गते, १३ गतेका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।

कोरोनाको त्रास यथावत् रहेपछि शुक्रबार सूचना जारी गरेर ३० गतेसम्मका लागि बैठक स्थगित गरिएको हो । यसअघि २३ चैतका लागि प्रतिनिधिसभाको बैठक तय गरिएको थियो ।

कोरोनाको त्रासपछि मुलुकभरका अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहेकाले बैठक स्थगित गरिएको संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले बताएका छन् ।

राष्ट्रिय सभा बैठक भने अनिश्चितकालका लागि स्थगित छ ।


 





  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार १३:१९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया