प्रदेश सरकारका मन्त्री भन्छन्–कास्कीमा कोरोनाका सातौँ संक्रमित फेला परे, तर स्वास्थ्य मन्त्रालय भन्छ–फेलापरेको छैन

कास्की– बिहीबार कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै शुक्रबार नेपालमा कोरोनाका सातौँ संक्रमित फेला परेका छन् । भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले दिएको जानकारीअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा ती व्यक्तिमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो ।

उनमा पहिलोपटक परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । यद्यपि, कोरोनाको परीक्षण तीनपटक गरिने चिकित्सकको भनाइ छ । ती व्यक्तिको नमुना संकलन गरेर पुनः परीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ ।

नेपालमा अहिलेसम्म सातजनामा कोरोना संक्रमण देखिएको छ । सबै संक्रमित विदेशबाट आएका हुन् ।  

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ ।





  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार १४:५७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया