अन्तर्राष्ट्रिय पर्यटक र विद्यार्थीलाई आफ्नो मुलुक फर्किन अस्ट्रेलियाका प्रधानमन्त्रीको आग्रह

काठमाडौं– अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो मुलुकमा रहेका अन्तर्राष्ट्रिय  पर्यटक र विद्यार्थीलाई आफ्नो मुलुक फर्किन आग्रह गरेका छन् । 

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले यो कठिन परिस्थितिमा आफ्नो घर फर्किँदा राम्रो हुने सुझाब दिएको हफिङटन पोस्टले लेखेको छ । उनले भनेका छन्, ‘तपाईं आफ्नो मुलुकमा हुँदा तपाईंले सरकारबाट उपलब्ध हुने सुविधा पनि प्राप्त गर्न सक्नुहुन्छ ।’

अस्ट्रेलियाले कोरोना संक्रमणको संकटका बेला आफ्‍ना नागरिक र यहाँका बासिनन्दालाई बढी ध्यान दिनुपरेको उललेख गर्दै आफ्नै कमाइले टिक्न नसक्ने विभिन्‍न मुलुकबाट आएका विद्यार्थी आ–आफ्नै मुलुक फर्किने बेला भएको बताएका छन् । 

अस्ट्रेलियाको सीमा अहिले बन्द भइनसकेको जानकारी दिँदै उनले अन्य भिसामा अस्ट्रेलियामा रहेकाहरुलाई पनि बस्‍नुपर्ने बाध्यता नरहेको बताए ।

अस्ट्रेलियामा अहिले कोरोना संक्रमितको संख्या पाँच हजार २२४ छ भने २७ जनाको मृत्यु भएको छ ।  
 





  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार १५:३६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया