एडिबीको प्रक्षेपण : २०२०मा एसियाली क्षेत्रको आर्थिक वृद्धिदर २.२ प्रतिशतमा सीमित हुने

काठमाडौं– एसियाली विकास बैंकले गरेको प्रक्षेपणअनुसार सन् २०२० मा एसियाली क्षेत्रको आर्थिक वृद्धिदरमा सुस्तता आउने देखिएको छ । यो वर्ष यस क्षेत्रको आर्थिक वृद्धिदर २.२ प्रतिशतमा सीमित हुनेछ ।

यसअघि बैंकले सन् २०१९ को सेप्टेम्बरमा यो क्षेत्रको वृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । तर, बैंककोले आज प्रकाशित गरेको आफ्नो फ्ल्यागसिप आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउट लुक यो क्षेत्रमा आर्थिक वृद्धिदरमा सुस्तता आउने प्रक्षेपण गरेको छ ।

यो वर्ष कोरोना भाइरस (कोभिड १९) महामारीका कारण यो क्षेत्रको वृद्धिदर खुम्चिए पनि आगामी वर्ष भने ६.२ प्रतिशतको वृद्धिदर कायम हुने बंकको अनुमान छ । महामारी नियन्त्रमा आएर सामान्य आर्थिक गतिविधि भएको खण्डमा सन् २०२१ देखि गति लिने बैंकको भनाइ छ ।

कोरोना महामारीका कारण चीनको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित भएको छ महामारीको असर सामान्य भएको अवस्थामा सन् २०२१ मा चीनको वृद्धिदर ७.३ प्रतिशत हुने बैंकको अनुमान छ । पहिलो त्रैमासमा चीनको अर्थतन्त्रमा उद्योग, सेवा, रिटेल तथा लगानीजस्ता क्षेत्रमा नकारात्मक असर परेको छ ।

विश्वव्यापी कमजोर माग र आफ्नै देशभित्रको महामारी प्रभावका कारण एसियाभित्रका सबै क्षेत्रमा वृद्धिदर कमजोर हुनेछ । एसियाभित्रका विशेषगरी पर्यटनमा आधारित अर्थतन्त्र धेरै प्रभावित हुने एडिबीको प्रक्षेपण छ । 

जसको प्रत्यक्ष असर नेपाललाई पनि पर्नेछ । यो वर्ष भारतको वृद्धिदर ४ प्रतिशतमा सीमित हुने बैंकको अनुमान छ । कोरोना महामारीका कारण आर्थिक नोक्सानी २ देखि ४ ट्रिलियन डलरसम्म हुने एडिबीले प्रक्षेपण गरेको छ ।





  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार १७:१०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया