चीनले अमेरिकालाई दियो एक हजार थान भेन्टिलेटर

काठमाडौं– कोरोना कहरभन्दा अघिसम्म व्यापारयुद्धमा रहेका चीन र अमेरिकाबीच सम्बन्ध सुधारोन्मुख हुने देखिएको छ । यसैको फलस्वरुप चीनले अमेरिकालाई १ हजार थान भेन्टिलेटर उपलब्ध गराएको छ । 

सो सहयोग चीनले अमेरिकाको सबैभन्दा बढी कोराना प्रभावित राज्य न्युयोर्कका लागि पठाएको हो । न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ कुमोले यसको पुष्टि गरेका छन् । 

उनले भेन्टिलेटर उपलब्ध गराएको भन्दै चीनप्रति आभार व्यक्त गरेका छन् । चीनबाट पठाइएका भेन्टिलेटर शनिबार पुगिसक्ने बताए पनि अहिलेसम्म प्राप्त भइनसकेको न्युयोर्क राज्यले जनाएको छ ।

यसअघि रसियाले पनि सेनाको एएन–१२४ नामक विशाल विमानमार्फत अमेरिकालाई भेन्टिलेटर, मास्कलगायत स्वास्थ्यसामग्री उपलब्ध गराएको थियो । 

अमेरिकाका तीन लाख मानिसमा कोरोनाको संक्रमण भेटिएको छ भने झण्डै आठ हजार मानिसको ज्यान गएको छ । 





  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार १३:१७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया