मध्यावधि चुनाव माग नगरेको कांग्रेस सहमहामन्त्री महतको स्पष्टीकरण

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले आफूले मध्यावधि चुनाव हुनुपर्ने माग नगरेको स्पष्टीकरण दिएका छन् । 

महतले आइतबार विज्ञप्ति निकालेर विभिन्न सञ्चारमाध्यममा आएका समाचारको खण्डन गर्दै आफूले यथाशक्य छिटो कोरोना संकटबाट मुलुकलाई मुक्त गराउन सरकार असफल भइरहेको बताएकोमा त्यसमा तोडमोड भएको बताएका हुन् । एक टेलिभिजनमा आफूले दिएको अन्तर्वार्ता पूरै नसुनी मध्यावधि निर्वाचनको माग गर्‍यो भनेर प्रचार गरिएकोमा गम्भीर ध्यानाकषर्ण भएको उनले बताएका छन् । 

आफूले बोल्दै नबोलेको कुरालाई राखेर समाचार लेखिएको उल्लेख गर्दै उनले विज्ञप्तिमा भनेका छन्, ‘हालै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा मैले बोलेका कुराको प्रसंगलाई तोडमोड गरेर एउटा अनलाइनमा मैले मध्यावधि निर्वाचनको माग गरेको भनी हेडलाइन राखेकै आधारमा र पूरै अन्तर्वार्ता नसुनी मध्यावधि निर्वाचनको माग गर्‍यो भनेर प्रचार गरिएकोमा मेरो गम्भीर ध्यानाकषर्ण भएको छ ।’

उनले भने, ‘अहिले मध्यावधि चुनाव हुनुपर्छ भनेर भनेको छैन । यस्तो बेला कसले मध्यावधि चुनाव हुनुपर्छ भन्छ ?’ महतले अफवाहका पछाडि नलाग्न र सत्य तथ्यका आधारमा मात्रै धारणा बनाइदिन विज्ञप्तिमार्फत अनुरोध गरेका छन् ।





  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार १३:५१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया