काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान अवस्थाबारे पाँच पूर्वप्रधानमनत्रीसँग छलफल गरेका छन् । पूर्वप्रधानमन्त्रीहरूसँगको छलफलमा उनले मुलुकलाई संकटबाट जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल गरेका छन् ।
आइतबार दिउँसो ट्विट गर्दै उनले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा कुराकानी गरेको जानकारी दिएका छन् ।
फोनवार्तामा आफूले संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल गरेको बताएका छन् ।
सभापति देउवाले ट्विटमा लेखेका छन्, ‘आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गरौँ, अपिल गरेको छु ।’
पुर्व प्रधानमन्त्री मित्रहरू लोकेन्द्रबहादुर चन्द,पुस्पकमल दहाल,माधव नेपाल,झलनाथ खनाल,बाबुराम भट्टराई तथा अध्यक्ष खिलराज रेग्मिसंग आज टेलिफोनमा संवाद गरें l
— Sher Bahadur Deuba (@DeubaSherbdr) April 5, 2020
आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं,अपील गरेको छु l
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।