सर्वत्र विरोधका बाबजुद स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई

काठमाडौं– सरकारले सर्वत्र विरोधका बाबजुद कोरोना भाइरससम्बन्धी स्वास्थ्य सामग्री किन्ने जिम्मा नेपाली सेनालाई दिएको छ । सेनाले आइतबार यसबारे जानकारी गराएको छ । 

आफूलाई स्वास्थ्य सामग्री किन्ने जिम्मेवारी दिइएको भिडिओ कन्फरेन्समार्फत उल्लेख गर्दै सेनाले सरकारले दिएको जिम्म्मेवारी इमानदारीसाथ पूरा गर्ने बताएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘रक्षा मन्त्रालयले स्वास्थ्यसँग समन्वय गरेर जिटुजीमार्फत स्वास्थ्य सामग्री ल्याउने जिम्मेवारी दिएको छ । 
हामी गुणस्तरमा सम्झौता गर्दैनौँ, विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार खरिद गर्छौं । 

स्वास्थयसामग्री खरिदका लागि हामी मध्यस्तकर्ताको प्रयोग नगर्ने पनि सेनाले स्पष्ट पारेको छ । यसअघि सरकारले स्वास्थ्य सामग्री किन्न ओम्नी इन्टरनेसनल कम्पनीसँग गरिएको सम्झौता रद्द गरेको थियो ।





  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार १५:४०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया