आज भेटिएनन् नेपालमा कोरोना संक्रमित, रेडजाेनमा १५० जना

काठमाडौं– कोरोना भाइरस संक्रमणबारे दैनिक अपडेट गर्न स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने बिफ्रिङ भर्खर सकिएको छ ।

आजको बिफ्रिङमा स्वास्थ्य प्रवक्ताले नेपालमा थप कोरोना टेस्ट भए पनि कोरोनो पोजेटिभ नभेटिएको बताइएको छ । तर, उनले अहिले पनि थप सतर्क हुनु पर्ने समय आएको बताएका छन् ।

‘हामीले सतकर्ता अपनाउनु पर्छ, विदेशबाट आउनु भएका र अहिले कोरोना संक्रमण देखिनु भएका सबैलाई हामीले ट्रेस गरिरहेका छौँ,’ उनले जानकारी दिएका छन् ।

अहिलेसम्म नेपालमा १५३३ जनाको कोरोना भाइरस परीक्षण भएको छ । यीमध्ये ९ जनामा मात्र कोरोना टेस्ट पोजेटिभ आएको छ । नौ जनामध्ये एक जना ठिक भएर घर फर्किएका छन् भने अन्य ८ जना उपचार गराइरहेका छन् । यीमध्ये ४ जना सुदूरपश्चिममा भेटिएका छन् ।

उनले अहिले देशभर ११३ जना आइसाेलेसनमा रहेकाे पनि जानकारी दिएका छन् । अब नेपालमा काठमाडाैंबाहिर सात ठाउँमा काेराेना परीक्षण सुरु भएकाे पनि जानकारी दिइएकाे छ ।

अहिले रेडजाेनमा २४ जना भएकाे पनि उनले जानकारी दिएका छन् । अब याे संख्या १५० मा पुगेकाे छ ।





  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार १६:३१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया