खरिपाटीमा रहेका ९४ जनाको टेस्ट नेगेटिभ

काठमाडौं– खरिपाटीमा रहेका ९४ जनाको कोरोना भाइरसको टेस्टको नतिजा आएको छ । 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सबैको टेस्ट नेगेटिभ आएको हो । केही समयअघि नेपालमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भए पनि दुई विमानले यी नेपालीहरुलाई भारत र दुबईलगायतका देशबाट ल्याएका थिए । 

विमानस्थलबाट सरकारले उनीहरुलाई खरिपाटीमा लगेर क्वारेन्टाइनमा राखेको थियो । 

सबैको टेस्ट नेगेटिभ आएपछि उनीहरुलाई त्यहाँबाट घर जान दिइने जनाइएको छ ।





  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार १६:३६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया