विदेशमा रहेका विद्यार्थीलाई इक्यानले सहयोग गर्ने

काठमाडाैं– शैक्षिक परामर्श संघ नेपाल (इक्यान)ले उच्च शिक्षाका लागि विदेशमा रहेका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्नका लागि आपतकालीन फारम http://tiny.cc/dengmz मार्फत समस्या दर्ताको शुरुवात गरेको छ ।  कोरोना भाइरसको संक्रमण विश्वमा फैलिएसँगै विदेशमा अध्ययनरत विद्यार्थीहरु पनि समस्यामा पर्ने अवस्थालाई ध्यानमा राख्दै इक्यानले त्यस्ता विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले ‘इक्यान कोभिड १९ आपतकालीन रजिष्ट्रेसन फारम’को शुरुवात गरेको अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए । 

‘कोरोना भाइरसका कारण दुःख पाएका विद्यार्थीहरुलाई खाना, बस्न र स्वास्थ्य सम्बन्धि कुनै पनि समस्या समाधानको पहल गर्न फारम बनाइएको हो, जहाँ विद्यार्थीले आफ्ना समस्या दर्ता सक्छन्,’ पाण्डेले भने । 

उनका अनुसार संसारका कुनै पनि देशमा भएका विद्यार्थीहरुले आफ्नो समस्या फारममा दर्ता गर्न सक्छन् । 

उनीहरुका समस्या समाधानका लागि शिक्षा मन्त्रालय, सम्बन्धित देशका दूतावास, एनआरएनए, नेपाल स्थित परामर्श संघहरु, सम्बन्धित देशमा रहेका परामर्श संघ, कन्सलटेन्सी तथा विभिन्न संघ संस्थासँग सहकार्य गरी सहयोग गरिने पनि पाण्डेले जानकारी दिएका छन् । 

अध्यक्ष पाण्डेका अनुसार इक्यानले ती विद्यार्थीमा परेको समस्या समाधानमा के गर्न सकिन्छ भन्ने विषयमा शिक्षा मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको छ । शिक्षा मन्त्रालयसँगको छलफलमा विदेशमा रहेका विद्यार्थीलाई आवश्यक परेमा नेपालबाट अभिभावकले कसरी पैसा पठाउने र कतिसम्म पठाउन सकिने विषयमा समेत छलफल भइरहेको उनले जानकारी दिए । 

यसअघि नेपाल राष्ट्र बैंकले नेपालबाट अभिभावकले विदेशमा रहेका आफ्ना विद्यार्थीलाई बढीमा ५०० अमेरिकी डलर खर्च पठाउन सक्ने व्यवस्था गरिसकेको छ । सो रकमलाई हालको महामारीको अन्त्य नभईन्जेल प्रति महिना १००० अमेरिकी डलर बनाउन इक्यानले अनुरोध गरेको पाण्डेले बताएका छन् । 



सहयोग चाहिएका विद्यार्थीले रजिस्ट्रेसन फारम http://tiny.cc/dengmz मा गएर आफ्ना विवरण भर्ना सक्छन् ।



  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार १८:५५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया