गभर्नरका लागि ३ जनाको नाम सिफारिस, आजै नियुक्ति हुन सक्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा संयोजकत्वको सिफारिस समितिले गभर्नरका लागि नाम सिफरिस गरेको हो । 

यसअघि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा पूर्वसचिव कृष्णहरि बास्कोटा र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेको गभर्नर सिफारिस समिति गठन गरेको थियो । सो समितिले डा. राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि सिवोकाटीको नाम सिफारिस गरेर मन्त्रिपरिषद्मा पठाएको छ ।

सिफारिसमा परेका खनाल अर्थ मन्त्रालयका पूर्वसचिव हुन् । राष्ट्र बैंकका डेपुटी गभर्नर हुन् सिवाकोटी अहिले राष्ट्र बैंकको कामु गभर्नरको रूपमा कार्यरत छन् । अधिकारी पनि राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । हाल उनी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन् ।

अर्थमन्त्री खतिवडाले आजै मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेका छन् । आजै दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक गभर्नर नियुक्त गर्ने सम्भावना रहेको अर्थन्त्रालय स्रोतको भनाइ छ ।





  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार १३:३०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया