गैंडाको आक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु

चितवन– गैंडाको आक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु भएको छ । सोमबार घरनजिकैको सामुदायिक वनमा निउरो टिप्न जाँदा उनलाई गैंडाले आक्रमण गरेकाे थियाे । 

मृत्यु हुनेमा भरतपुर महानगरपालिका २२, पटिहानी, बोटेटोल बस्ने ३९ वर्षका पूर्णबहादुर कुमाल रहेका छन् । कुमालको घटनास्थलमै मृत्यु भएको र हाल मुचुल्का उठाउने काम भइरहेको छ । 

अधिकांश बोटे, थारु समुदाय यो समयमा निउरो टिप्न वन जाने गर्छन् । उक्त सामुदायिक वन निकुञ्जको नजिकै पर्छ । 





  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार १४:३६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया