मोदीले भने– कोरोनासँगको लडाइँ लामो हो, न थाक्न पाइन्छ, न हार्न नै सकिन्छ !

एजेन्सी– भारतीय जनता पार्टीको ४० औं स्थापना दिवसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व महामारीसँग लड्नका लागि भारतले विश्वमा गरिएका सबै प्रयास गरेको र विश्वमा एक उदाहरण भएर देखिएको बताएका छन् ।

उनले कोरोनाविरुद्धको लडाइँ लामो लडाइँ भएको र यसमा थाक्न पनि नपाइने र हार्न पनि नहुने बताएका छन् । 

मोदीले भारतले प्रोएक्टि भएर विभिन्न फैसला लिएको र भारतको प्रशंसा अहिले विश्वले गरिरहेको पनि बताएका छन् ।  

‘यो लामो लडाईं हो, थाक्न पनि पाइन्न, हार्न पनि पाइँदैन,’ उनले भनेका छन्, ‘हामी त जसरी हुन्छ, विजयी भएर नै निस्किनु पर्छ ।’





  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार १५:१७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया