काठमाडौं– स्वास्थ्य मन्त्रालयले अब काठमाडौं र बाहिर गरि १० ठाउँबाट नेपालमा कोरोनाभाइरस टेस्ट गर्ने थालिएको जनाएको छ । कोरोनाभाइरसबारे जानकारी दिन दैनिक गरिने प्रेस बिफ्रिङमा मन्त्रालयका डा. विकास देवकोटाले यो जानकारी दिएका हुन् ।
उनका अनुसार अहिले काठमाडौंमा १२ जना र काठमाडौंबाहिर ९५ जना आइसोलेसनमा राखिएका छन् । देशभर ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेको पनि उनले जानकारी दिएका छन् ।
त्यस्तै, उनले अहिले उपचार गराइरहेका ८ जनासँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भइरहेको पनि बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।