बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई अहिले ठिक भइरहेको बताउँदै गत राति आफूले सेन्ट थोमस अस्पतालमा ‘आरामदायी रात’ कटाएको बताएका छन् ।
उनी अब केही दिन अस्पतालमा नै रहने उनको सचिवालयले जनाएको छ ।
केही समयअघि कोरोनाभाइरस संक्रमण देखिएपछि बोरिस आफ्नै निवासमा आइसोलेसनमा बसेका थिए । तर, १० दिने आइसोलेसनमा पनि ठिक नभएपछि र स्वास्थ्यमा थप समस्या देखिएपछि उनी हिजो राति अस्पतालमा भर्ना भएका थिए ।
‘उनलाई ज्वरो र खोकी लागिरहेको छ,’ उनले सचिवालयले जनाएको छ ।
उता, उनले ट्विट गर्दै आफू ठिक हुँदै गरेको बताएका छन् । अनि सबैलाई घरमै बस्न अनुरोध गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।