युएईका युवराजले प्रधानमन्त्री ओलीलाई भने– नेपालीहरु इमान्दार छन्, नआत्तिनुस्
फाइल तस्वीर ।

काठमाडौं– पछिल्लो समय नेपालीहरु रहेका खाडी मुलुकका प्रमुखहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले कुराकानी गर्न सुरु गरेका छन् । यह सन्दर्भमा उनले सोमबार साँझ अबुधावी तथा युएईका युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानसँग कुराकानी गरेका छन् । 

कोरोनाभाइरस प्रकोप बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु काम गर्न पुगेका खाडी मुलुकका प्रमुखहरुसँग कुराकानी गर्न सुरु गरेका हुन् । 

शेखसँगको टेलिफोन संवादमा उनले नेपालीको इमान्दारी र परिश्रमी बानीको प्रशंसा गरेको ओलीले ट्विटरमा उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा मैले राखेको जिज्ञासामा उहाँले भन्नुभयो– नेपालीहरु इमान्दार र परिश्रमी छन् । उनीहरुले युएईको आर्थिक विकासमा पु(याएको योगदानको प्रशंसा गर्दछु ।’

साथै शेखले नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने वचन पनि दिएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

यही ट्विटलाई अंग्रेजीमा पनि लेख्दै ओलीले शेखले नेपालीले त्यहाँको आर्थिक विकासमा दिएको योगदानको कदर गरेको उल्लेख गरेका छन् ।





  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार २२:१८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया