सिकागोकी मेयरले भनिन्– कोरोनाका कारण धेरै अश्वेतको मृत्यु भयो !

अमेरिकामा सिकागोकी मेयर लोरी लाइटफुटले सिकागोमा कोभिड १९ का कारण मृत्यु हुने नागरिकमा ७२ प्रतिशत अश्वेत रहेको बताएकी छिन् । 

उनले श्वेत नागरिकभन्दा अश्वेत नागरिकको निधन धेरै भएकाले यसबारे गम्भीर भएर सोच्नु पर्ने र अफ्रिकन अमेरिकनहरुका लागि नयाँ डाटा लिएर काम गर्नु पर्ने पनि बताएकी छिन् ।

त्यहाँका स्वास्थ्य अधिकारीले पनि ५२ प्रतिशत कोरोनाभाइरस संक्रमित अश्वेत नागरिक भएको स्वीकार गरेका छन् । 

लाइटफुटले चाहिँ स्वास्थ्यकर्मीहरुले अश्वेतमाथि विभेद गरेको आरोपसमेत लगाएकी छिन् । 





  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार ३:१४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया