कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । बोर्डको मंगलवार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कक्षा १२ को परीक्षा आगामी वैशाख ८ र १२ को परीक्षा वैशाख २१ गतेदेखि गर्ने तय भएको थियो । कोरोनाभाइरस (कोभिड–१९) का कारण अहिले मुलुक ‘लकडाउन’मा छ ।

कोरोनाको संक्रमण फैलिनसक्ने जोखिमलाई मध्यनजर गर्दै एसईई परीक्षा समेत यसअघि नै स्थगित भइसकेको छ ।





  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार १३:४२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया