नवनियुक्त गभर्नर अधिकारीले कार्यभार सम्हाले, प्रतिस्पर्धीहरुबाट पनि सहयोगको अपेक्षा

काठमाडौं– नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलबार कार्यभार सम्हालेका छन् । विषम परिस्थितिमा आफूलाई गभर्नरको नेतृत्व दिएकोमा उनले सरकारलाई धन्यवाद दिएका छन् ।

जहाँ समस्या पर्‍यो, त्यहीँ जानुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले भने, ‘जहाँ भुङ्ग्रो छ त्यहीँ म पुग्छु ।’ अधिकारीले मंगलबारै प्रधानन्यायाधीशबाट शपथग्रहण गरेका थिए ।

शपथग्रहण गरे लगत्तै बालुवाटारस्थित राष्ट्र बैंक केन्द्रीय कार्यालयमा पुगेर पदभार ग्रहण गर्दै उनले आफ्ना प्रतिस्पर्धीहरुबाट पनि सहयोगको अपेक्षा गर्दै उनले भने, ‘म एक्लै छैन । मसँगै प्रतिस्पर्धा गर्नु भएका डेपुटी गभर्नर हुनुहुन्छ । अर्का डेपुटी गभर्नर तथा अन्य सबै हुनुहुन्छ । म कम्फर्टेबल छु ।’

गभर्नरको दाबेदार कायममुकायम गभर्नर डा. चिन्तामणि सिवाकोटी, केशवप्रसाद भट्टराई र अधिकारी थिए । सोमबारको मन्त्रिपरिषद् बैठकले गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको थियो । अधिकारी ०७३ सालमा डेपुटी गभर्नरको कार्यकाल पूरा गरी राष्ट्र बैंकबाट बाहिरिएका थिए ।





  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार १४:४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया