कोरोना भाइरसका कारण लिबियाका पूर्वप्रधानमन्त्रीको मृत्यु

एजेन्सी– कोरोना भाइरस (कोभिड–१९) का कारण लिबियाका पूर्वप्रधानमन्त्री मोहमोद जिब्रिलको मृत्यु भएको छ । लिबियाका शासक मुआमार गद्दाफी पदच्युत भएपछि उनी सन् २०११ मा अन्तरिम सरकारका प्रमुख थिए । 

मार्च २१ मा हृदयाघातका कारण अस्पतालमा भर्ना भएका उनलाई त्यसको तीन दिनपछि कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।

६८ वर्षीय जिब्रिल दुई सातादेखि अस्पतालमा भर्ना भएका थिए । उनको आइतबार इजिप्टको कायरोमा मृत्यु भएको हो । 

पहिला उनी गद्दाफीका आर्थिक सल्लाहकार थिए । लिबियामा भने अहिलेसम्म १९ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

कोराना भाइरस संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार १४:२१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया