ज्वरो नाप्ने यन्त्रमा कालोबजारी गरेका जगदम्बा स्टिलका सन्चालक अग्रवाल पक्राउ

काठमाडौं– देश अहिले कोरोनाभाइरस महामारीबाट बच्न विभिन्न उपाय अपनाउन बाध्य भएको छ । स्वास्थ्य संस्थामा अहिले पनि मेडिकल सामाग्रीको अभाव रहेको छ । यहीबीच यसलाई फाइदाका रुपमा उठाउन खोज्नेहरुको कमी छैन ।

त्यसमा पनि केही व्यापारिक घरानका व्यक्तिहरु यो मौकालाई फाइदाका रुपमा उठाउन चलखेल गरिरहेका छन् । त्यहीमध्ये एक हो, शंकर ग्रुप । 

प्रहरीले यही ग्रुपका तथा जगदम्बा स्टिलका सन्चालक सुलभ अग्रवाललाई पक्राउ गरेपछि यो रहस्य पर्दाफास भएको हो । अग्रवाललाई प्रहरीले कालोबजारीको आरोपमा पक्राउ गरेको हो । 

महानगरी प्रहरी अपराध महाशाखाले जनाएअनुसार उनलाई आज नक्सालबाट पक्राउ गरिएको हो । अग्रवालमाथि ज्वरो नाप्ने यन्त्र थर्मल गनको कालोबजारी गरेको आरोप लगाएको छ । 

प्रहरीले उनलाई पक्राउ गर्नुका साथसाथै उनीसँगै रहेको गाडीबाट ६७ वटा थर्मल गर्न बरामद गरेको पनि जनाएको छ ।





  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार १४:३९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया