काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कुवेतका समकक्षी सवाह अल खालिद अल सवाहसँग टेलिफोन वार्ता गरेका छन् ।
उनले यो वार्तामा कोरोनाभाइरसका कारण प्रभावित नेपाली समुदायबारे कुराकानी भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले ट्विटरमा दिएको जानकारीअनुसार उनले कुवेती प्रधानमन्त्री खालिदले कुवेतमा नेपाली कामदारलाई कुनै समस्या हुन नदिने आश्वासन दिएका छन् । ‘उनले आश्वासन दिएका छन् कि त्यहाँ रहेका नेपाली कामदारको उपचारमा खुला हृदयले काम हुनेछ,’ प्रधानमन्त्री ओलीले मंगलबार ट्विट गरेका छन् ।
आजै विहान प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दा पनि आफूले विभिन्न देशमा बारम्बार सम्पर्क गरिरहेको जानकारी दिएका थिए ।
His Highness the Prime Minister assured me that there would be no difficulty for the Nepali workers there and the Government of Kuwait would support their treatment with open heart.
— K P Sharma Oli (@kpsharmaoli) April 7, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।