अन्तर्राष्ट्रिय उडान १८ वैशाखसम्मका लागि बन्द गर्ने निर्णय

काठमाडौं– सरकारले अन्तर्राष्ट्रिय उडान १८ वैशाखसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले अन्तर्राष्ट्रिय हवाई उडान आगामी १८  वैशाख (अप्रिल ३०)सम्म बन्द गर्ने निर्णय गरेको हो ।

सरकाले यसअघि ३ वैशाख (अप्रिल १५)सम्मका लागि सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गरेको थियो । पुनः त्यसमा १५ दिन समय थप गरिएको हो ।

सरकारले यसअघि नै आन्तरिक उडान पनि ३ वैशाखसम्म बन्द गरेको छ । आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा भने बैठकमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 





  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार १७:३५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया