राप्रपाका नेता विश्वेश्वर सुवेदीको निधन ।

काठमाडौं– राप्रपाका पूर्व मुख्य सचिव, सह कोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको ६५ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त उनको अमेरिकाको ड्यालसमा आज निधन भएको हो ।

तत्कालीन राप्रपा नेपालमा मुख्य सचिवको भुमिका निर्वाह गरेका सुवेदी राप्रपाको पूर्व सह कोषाध्यक्ष समेत थिए । लामो समय निजामती सेवामा रहेका सुवेदी सेवा निवृत्त भएपछि राप्रपामा क्रियाशील थिए ।

निजामती सेवामा रहँदा सुवेदीले लामो समय स्थानीय विकास मन्त्रालय र राप्रपा अध्यक्ष कमल थापा विभिन्न समयमा सरकारमा रहँदा उनको नीजि सचिवालयमा रहेर काम गरेका थिए । सुवेदीको निधनमा राप्रपा अध्यक्ष थापाले आफ्नो जीवनको आरोह अवरोहको अभिन्न सहकर्मी गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनका एक श्रीमती र दुई छोरा छन् ।





  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार १९:२५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया