अहिले पूरै विश्व कोरोनाभाइरससँग लडिरहेको छ । अनि देशहरुमा लकडाउन भइरहेको छ । यसका कारण दैनिक ज्यालादारी गर्ने मजदूरहरु ठूलो समस्यामा परेका छन् ।
भारतमा पनि दैनिक मजदूरीमा जीवनमा निर्वाह गरेकाहरु अत्यन्त धेरै छन् । अब यस्ता मजदूरलाई सहयोग गर्न भारतीय अभिनेता अर्जुन कपुरले चाहिँ नयाँ आइडिया निकालेका छन् ।
उनको आइडियो हो, जसले उनको यो अभियानमा सहयोग गर्छ, उनीहरुसँग डेट गर्ने । सहयोगीमध्ये पाँच जनासँग उनले भर्जुअल डेट गर्ने बताएका छन् । अनि विभिन्न संस्थाहरुसँग मिलेर आफूले यो आइडिया ल्याएको पनि उनले बताएका छन् । भिडियो डेटमा उनले उनीहरुसँग आआफ्नो घरमा रहेर खाना खाने पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।