अर्का एक बलिउड सेलेब्रिटीको पूरै परिवार कोरोनाभाइरस संक्रमित !

भारतमा गायिका कनिका कपुर र निर्देशक करिम मोरानीका दुई छोरी पछि अर्का एक बलिउलड सेलेब्रिटीलाई पनि कोरोनाभइरस संक्रमण भएको छ । 

रक अन, रक अन २, टाइपराइटर अवारापनलगायतका फिल्ममा काम गरिसकेका पूरब कोहलीको पूरै परिवारमा कोभिड १९ देखिएको हो । तर, अब उनीहरु सबैलाई ठिक भएको पनि बताइएको छ । यसको जानकारी पूरब स्वयंले आफ्नो सामाजिक सन्जालमा लेखेर दिएका हुन् । 

उनले अहिले सबैलाई ठिक भएको तर आफूलाई कोरोनाभाइरस संक्रमण भएको कुरा सेयर गर्नुको कारण आम मानिसमा डर नरहोस् भन्ने लागेको आफ्नो सामाजिक सन्जालको पोस्टमा लेखेका छन् । 





  • प्रकाशित मिति : चैत २६, २०७६ बुधबार ५:३८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया