युएई - युएईमा कोरोनाभाइरस संक्रमित नेपालीहरुको स्वास्थ अवस्था सामान्य रहेको नेपाली दूतावासले जनाएको छ ।
सोमबार साँझसम्ममा युएईमा ४ महिला सहित ११ जना नेपाली कोरोनाबाट संक्रमित भएको पाइएको छ। जसमध्ये २ जना उपचारपछि ठिक भइसकेका छन् । बाँकीकाे उपचार भइरहेकाे छ ।
युएई सरकारले नेपालीलाई पनि आफ्नै नागरिकसरह उपचारमा ध्यान दिइरहेकाे बताइएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।