नक्कली पत्रकार बनेर लकडाउन उल्लंघन गर्ने एक पक्राउ

दाङ– नक्कली पत्रकार बनेर लकडाउनका बेला मोटरसाइकल चलाएको आरोपमा एकजना पक्राउ परेका छन् । बुधबार प्रहरीले दाङको तुलसीपुरबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर–१७का २८ वर्षीय मेघराज सुनार छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले तुलसीपुर–६, हात्तीखौवा खण्डमा उनलाई बा८७प १००६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । 

प्रहरीले जाँच गर्ने क्रममा उनले पत्रकार हुँ भन्दै फोटोसहितको परिचयपत्र देखाएका थिए । प्रहरीले त्यस सम्बन्धमा बुझ्दा उनले अर्कै व्यक्तिको परिचयपत्र बोकेको खुलेको थियो । 

पक्राउ परेका उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : चैत २६, २०७६ बुधबार १५:३३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया