जगदम्बाका सुलभले गरेको कालोबजारीः सरकारले अवैतानिक महावाणिज्यदूतहरुको सुविधा खोस्यो

काठमाडौं– मंगलबार ज्वरो नाप्ने यन्त्र थर्मल गनको कालोबजारी गरिरहेको बेलामा रंगेहात पक्राउ परेका शंकर ग्रुप तथा जगदम्बाका सुलभ अग्रवाल पक्राउ परेपछि सरकारले विभिन्न देशका लागि अवैतानिक दूतका हैसियतमा प्राप्त गरेका सेवासुविधालाई फिर्ता लिने निर्णय गरेको छ । 

यस्ता सेवासुविधा प्राप्त गरेका व्यक्तिहरुले सुविधाको दुरुपयोग गरेको भन्दै सरकारले यस्तो निर्णय गरेको हो । 

जगदम्बाका सुलभ किर्गिजस्तानका अवैतनिक महावाणिज्य दूत पनि थिए । उनले कुटनीतिक सवारी साधन नै प्रयोग गरेर कालोबजारी गरेको अवस्थामा पक्राउ परेपछि सरकारले सबै महावाणिज्य दूतहरूलाई प्रदान गर्दै आएको सुविधा खोस्नो निर्णय गरेको हो ।

पक्राउ परेका अग्रवालको जिम्मेवारी पनि खोसिएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार ७ दिनका लागि हिरासतमा पठाएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गरेर सबै अवैतनिक महावाणिज्य दूतहरूलाई प्रदान गरिएको सुविधा फिर्ता लिने निर्णय भएको जनाएको हो । 

कूटनीतिक प्रयोगको लागि प्रदान गरिएको पद र सुविधा गैरकानुनी गतिविधिमा प्रयोग गरेको पाइएपछि परराष्ट्र मन्त्रालयले महावाणिज्यदूतहरूलाई प्रदान गर्दै आएका सेवा र सुविधा फिर्ता लिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । यो सुविधा भनेको कूटनीतिक नियोगले प्रयोग गर्ने निलो नम्बर प्लेटको सवारी साधन र झन्डा हो । 



मन्त्रालयले अवैतनिक महावाणिज्य दूतहरूलाई प्रदान गर्दै आएको सुविधा फिर्ता लिने निर्णय तत्काल लागू हुने र अर्को सूचना जारी नभएसम्म कार्यान्वयन हुने जनाएको छ ।



  • प्रकाशित मिति : चैत २७, २०७६ बिहीबार २:२०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया