कोरोनाभाइरसबारे राष्ट्रपतिको आलोचना गरेका चिनियाँ अर्बपति प्रहरी सोधपुछमा

एजेन्सी– कोरोनाभाइरस महामारीबारे चिनियाँ राष्ट्रपति सी जिनपिङको आलोचना गरेका चिनियाँ अर्बपतिलाई अब चीनमा सोधपुछ गर्न थालिएको छ । उनीमाथि अनुसन्धान हुने बेइजिङका अधिकारीले जनाएका छन् । 

रेन झिक्वियाङलाई चीनका ठूला जग्गा कारोबारी हुन् । उनको चिनियाँ अधिकारीहरुसँग राम्रो सम्बन्ध रहेको यसअघि बताउँदै आइएको थियो । तर, उनले अहिले चिनियाँ कम्युनिस्ट पार्टीबारे गम्भीर गल्ती गरेको आरोप लगाइएको छ ।

चिनियाँ अधिकारीले जारी गरेको विज्ञप्तिमा यसबारे थप उल्लेख गरिएको छैन । 

६९ वर्षका यी चिनियाँ व्यापारीले यसअघि पनि सरकारको आलोचना गर्ने गरेका थिए । त्यसैले पनि उनलाई चिनियाँ सामाजिक सन्जालमा द क्याननको नामले चित्रित गरिन्छ । 

रेन कम्युनिस्ट पार्टीका सदस्य पनि हुन् । तर, उनी मार्चको बीचबाट हराइरहेको उनका साथीहरुले बताएका छन् । उनी पछिल्लो पटक १२ मार्चमा भेटिएका थिए । उनकी अत्यन्त निकट साथी वाङ यिङले चिनियाँ अधिकारीहरुले उनलाई नियन्त्रणमा लिएको हुनसक्ने बताएकी छिन् ।

उनले मार्चको सुरुवातमा नै एउटा लेख लेखेर चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोनाभाइरस महामारीमा प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएका थिए । उनले चिनियाँ नागरिकको स्वास्थ्य र सुरक्षालाई ख्याल नगरी चिनियाँ कम्युनिस्ट पार्टीका नेताले आफ्नो स्वार्थ पूरा गर्न बढी ध्यान दिएको आरोप लगाउँदै आएका थिए ।





  • प्रकाशित मिति : चैत २७, २०७६ बिहीबार २:३७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया