अमेरिकामा यो वर्ष हुने राष्ट्रपति निर्वाचनका बलिया उम्मेदवार मानिएका बर्नी स्यान्डर्सले चुनावी अभियान अहिले स्थगित गरिदिएको बताएका छन् । उनले आफू राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भनेपछि डेमोक्रेटिक पार्टीबाट अब पूर्वउपराष्ट्रपति जो वाइडेन उम्मेदवार बन्ने बाटो खुलेको छ ।
७८ वर्षका स्यान्डर्सले आफ्ना समर्थकसँग नामाकंनका लागि आफूले जित्नका लागि पर्याप्त मत नपाउने विश्वास नभएकाले पछाडि हटेको बताएका छन् ।
तर, अमेरिकी मिडियामा उनले यो निर्णय अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामासँग छलपल गरेर लिएको भन्ने समाचार आइरहेका छन् ।
स्यान्डर्सलाई पहिले सफलता मिले पनि पछिल्ला केही साता यता उनीभन्दा जो वाइडेन बलिया देखिएका थिए । उनले स्वास्थ्य तथा आयमा भएको असमानतालाई आफ्नो चुनावी मुद्दा बनाएका थिए ।
उनी सन् २०१६ को निर्वाचनमा हिलारी क्लिन्टसँग पराजित भएका थिए । अमेरिकी युवा जमातले स्यान्डर्सलाई खुलेर समर्थन गर्ने देखिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।