बझाङमा सयभन्दा बढी क्वारेन्टाइनबाट भागे

बझाङ — बझाङमा पालिकाका क्वारेन्टाइनबाट सय जनाभन्दा बढी भागेका छन् । भारत तथा तेस्रो मुलुकबाट फर्केका ३ सय ८० जनालाई जिल्लाका १२ पालिकाका क्वारेन्टाइनमा राखिएको थियो ।

विभिन्न ३४ क्वारेन्टाइनमा राखिएकाहरु पूरा अवधि नबसेरै भागेका हुन्। क्वारेन्टाइनबाट भाग्नेको यकिन तथ्यांक भने कुनै निकायले राखेका छैनन्।

थलारा गाउँपालिकाको लक्ष्मी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनबाट ५२ जना र दुर्गाथली गाउँपालिकाको क्वारेन्टाइनबाट ३५ जना भागेको बताइएकाे छ ।

धेरैजसोले क्वारेन्टाइनमा उपलब्ध सुविधा चित्त नबुझेको भन्दै भागेको र कसैले घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने भनेर गएको त्यहाँका अधिकारीले बताएका छन् । स्थानीय तहका जनप्रतिनिधिहरूले भने क्वारेन्टाइनबाट भागेकाहरूको पनि बचाउ गर्दै उनीहरू घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेको दाबी गर्दै आएका छन्।

क्वारेन्टाइनबाट भागेका र त्यहाँ बसिरहेकाहरूको संख्या सरकारले लकडाउनको घोषणा गरिसकेपछि बझाङ प्रवेश गरेकाहरूको हो।





  • प्रकाशित मिति : चैत २७, २०७६ बिहीबार २:५६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया