बिहे गर्न यस्ताे बर्बर चलन

संसारमा अनेक अमानवीय र असभ्य परम्परा छन् । किर्गिस्तानमा बलात्कार गरेर महिलालाई बिहेका निम्ति राजी गराउने परम्परा छ । सुन्दा अपत्यारिलो लागे पनि त्यहाँ यस्तो अभ्यास लामो समयदेखि चलिआएको छ ।

यस्तो परम्परालाई त्यहाँ ‘अला कचु’ भनिन्छ । यो चलनअन्तर्गत आफूलाई मन परेकी युवतीलाई पुरुषले अपहरण गर्छ र एकान्तमा लगेर आफूसँग बिहे गर्न फकाउँछ । युवती राजी भइन् भने भइगयो, होइन भने बलात्कार गरेर उसले युवतीलाई बिहेका निम्ति बाध्य पर्छ । मनले खाएको युवकसँग छोरीचेलीको बिहे होस् भन्ने चाहनेले छोरीचेलीकै बलात्कारको माहोल मिलाउन सहयोगसमेत गर्ने गरेका छन् ।

बलात्कृत भएपछि युवतीले पनि बिहेका निम्ति राजी हुनुपर्छ । बलात्कार गरेर युवतीलाई बिहेका निम्ति राजी गराउने यस्तो परम्पराले महिलाविरुद्ध हिंसालाई प्रवद्र्धन गरेको भन्दै सन १९९४ मा यसमाथि कानुनी प्रतिबन्ध लगाइएको थियो । तापनि, हरेक वर्ष किर्गिस्तानमा १२ हजार महिलालाई बलात्कार गरेर बिहेका निम्ति राजी गराउने गरिएको तथ्यांकले देखाउँछ ।





  • प्रकाशित मिति : चैत २७, २०७६ बिहीबार १२:२०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया