प्रधानमन्त्रीलाई बाबुराम भट्टराईको जवाफ : हामीलाई जीवन र स्वतन्त्रता दुवै चाहिन्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भिडियो सन्देशमार्फत कडा जवाफ फर्काएका छन् । केही दिनअघि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै यतिखेर जीवन कि वैयक्तिक स्वतन्त्रताजस्ता प्रश्नमा अलमलिन नहुने बताएका थिए । 

सोही भनाइप्रति लक्षित गर्दै बिहीबार भिडिओ सन्देशमार्फत समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष भट्टराईले जीवन र स्वतन्त्रता दुवै चाहिने बताएका हुन् ।

कोरोनापछि पनि देशलाई समृद्ध बनाउने, पुनर्निर्माण र नवनिर्माणका योजनामा राज्यले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले आर्थिक क्षेत्रमा अब कसरी जाने भन्ने विषयमा राज्यले विज्ञसँग छलफल गर्नुपर्ने सुझाब दिएका छन् । 

सकारात्मक सोच राख्न आग्रह गर्दै उनले भनेका छन्, ‘अन्ततः मानव जातिले कोरोनालाई परास्त गर्छ र मानव सभ्यता अगाडि बढ्छ । सबै एकजुट भएर अगाडि बढौँ । सकरात्मक सोच राखौँ ।’

६ मिनेट लामो भिडियोमा भट्टराईले कोरोनासँग जुध्न अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई धन्यवाद दिएका छन् । 

राज्य र नागरिकको सहकार्यले मात्रै कोरोना परास्त गर्न सकिने भन्दै उनले तनावमुक्त भएर सकारात्मक सोच राख्न आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : चैत २७, २०७६ बिहीबार १४:३२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया