एजेन्सी– गत डिसेम्बरमा सुरुमा कोरोनाभाइरस संक्रमण देखिएको चीनको वुहान सहरमा अब लकडाउन खुलाइएको छ । तर, कोरोनाभाइरसले चीनलाई अझै सताउन छोडेको छैन ।
चीनकै रुसी सीमामा पर्ने अर्को सहरमा चाहिँ अब लकडाउन आह्वान गरिएको छ । त्यहाँ कोरोनाभाइरस संक्रमितको संख्या बढेकाले लकडाउन आह्वान गरिएको हो ।
यो सहर हो, सुइफेन्ही । बेइजिङबाट एक हजार माइल टाढा यो सहरमा चिनियाँ सरकारले यसअघि वुहानमा लगाएको जस्तै लकडाउन लगाएको छ । मानिसहरुलाई घरभित्रबाट बाहिर निस्किन दिइएको छैन ।
बुधबार पूरै चीनमा जम्मा ५९ वटा कोभिड १९ का बिरामीहरु फेला परेका थिए । अनि तीमध्ये कम्तिमा पनि २५ जना चाहिँ सुइफेन्हीबाट चीनका अन्य सहरमा आएकामा कोरोनाभाइरस संक्रमण देखिएको थियो ।
तीमध्ये अधिकांश रुसको मस्कोबाट चीनमा फर्किएका थिए । यी सबै बिरामीहरुलाई अब अस्पतालमा राखेर उपचार गरिएको छ । तीमध्ये दुई जनाको अवस्था गम्भीरभ एको बताइएको छ ।
योसँगै सुइफेन्हीमा अन्य ८६ जना पनि कोरोनाभाइरस संक्रमित देखिएका छन् तर उनीहरुमा कोरोनाभाइरस संक्रमणका कुनै लक्षण भेटिएका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।