पछिल्लो समय चीनमा के भइरहेको छ ?

काठमाडौं– गत डिसेम्बरमा पहिलो पटक कोरोनाभाइरस मानिसमा चीनको वुहानमा देखिएको थियो । त्यहाँबाट यो भाइरस फैलिएर अहिले विश्वभर पुगेको छ । अनि विश्वका कयौँ देशहरुलाई यसले ठूलो समस्यामा पारेको छ । 

त्यसैले धेरै मानिसको नजर अहिले पनि चीनमा छ, चीनमा के भइरहेको छ र वुहानमा के भइरहेको छ भन्ने जान्न विश्वभर उत्सुक छ ।

वुहानमा, जहाँ पहिलो पटक मानिसमा कोरोनाभाइरस संक्रमण भएको थियो, अब त्यहाँका बसहरु तथा अन्य सेवाहरु सुचारु हुन थालेका छन् । यो सहरमा ७७ दिनसम्म लकडाउन आह्वान गरिएको थियो । 

हिजोमात्र वुहानमा ७७ दिनपछि लकडाउन खोलिएकोले पनि हुनुपर्छ, त्यहाँका मानिसहरु निकै उत्साहित भएको चिनियाँ मिडियाहरुले जनाएका छन् । कम्तिमा पनि ६५ हजार मानिसले त्यहाँबाट अर्को सहरमा गएको र सहरभित्र चाहिँ ६ लाख २० हजार मानिसहरुले आवतजावत गरेको बताइएको छ ।

अहिले वुहानमा लकडाउन खोलिएपनि चाइना डेलीले चाहिँ त्यहाँ प्रतिबन्धहरु रहिरहने र सबैले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने बताएका छन् । 





  • प्रकाशित मिति : चैत २७, २०७६ बिहीबार २०:५०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया