ईश्वर पोखरेल नेतृत्वको समितिमाथि प्रचण्डको अविश्वास
फाइल तस्वीर ।

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कोरोनाभाइरसविरुद्ध सामूहिक लडाईं गरेमात्र जित्न सकिने बताएका छन् । उनले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर कोरोनाभाइरसविरुद्ध लड्नु पर्ने बताएका हुन् । 

अहिले सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि समन्वय समितिको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठन गरेको छ । तर, प्रचण्डले कोरोनाभाइरसविरुद्धको लडाईंका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा संयन्त्र बनाउनु पर्ने विचार राखेका छन् । 

यो संयन्त्रमा उनले विपक्षी दलका नेता तथा अन्य दलका नेता पनि सम्मिलित गर्नु पर्ने धारणा राखेका छन् । प्रधानमन्त्रीको नेतृत्वमा बलियो समिति बनेको खण्डमा मात्र कोरोनाविरुद्धको लडाईंमा सफलता पाउन सकिने उनले बताएका हुन् । 

काठमाडौंबाट प्रसारित एक टेलिभिजनका लागि दिएको अन्तर्वार्तामा प्रचण्डले यसबारे आफूले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुराकानी गर्ने बताएका छन् ।





  • प्रकाशित मिति : चैत २८, २०७६ शुक्रबार १:२२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया